इरानको राजधानी खाली गर्न ट्रम्पको चेतावनी,२२४ इरानीको हत्या, हजारौँ घाइते

0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरूलाई इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन्। उनले इरानको आणविक सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय मूर्खतापूर्ण भएको बताएका छन्।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले खामेनीको हत्याले युद्ध नबढाएर यसको अन्त्य गर्ने बताए।
इजरायल र इरानबीचको द्वन्द्व पाँचौं दिन पनि जारी रहेको छ। इजरायलले सोमबार राति तेहरानमा धेरै हवाई हमला गरेको छ। इरानले इजरायलको राजधानी तेल अभिभ र हाइफामा बमबारी गरेको हो।
इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १,४८१ जना घाइते भएका छन्। यसैबीच, इजरायलमा हालसम्म २४ जनाको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन्। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here