काठमाडौं । भारतको छत्तीसगड राज्यको नारायणपुरमा भारतीय सैनिकको कार्वाहीमा भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसावराजु सहित २७ लडाकु मारिएको भारतीय अखबार इण्डिया एक्सप्रेसले उल्लेख गरेको छ । महासचिव बसावाराजुको वास्तविक नाम नम्बला केशव राओ रहेको भारतका गृहमन्त्री अमित शाहले उल्लेख गरेका छन् ।
भारतीय सुरक्षा फौज र माओवादी दस्ताको भिडन्तमा परेर महासचिव राजु सहित शीर्ष नेता र गुरिल्ला लडाकुहरुको मृत्यु भएको छ ।