अमालकोटका जुवाडे प्रहरीको खोरमा,संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

0

 

काठमाडौँ, जेठ ४ गते । प्रहरीले पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।
कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।
उहाँका अनुसार अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको छ । उहाँले भन्नुभयो, “पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । आज थप प्रक्रिया अघि बढ्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here