सचिवालयले बोल्यो झुट, प्रचण्ड अत्यधिक रक्सी खाएर लाँकुरी भञ्ज्याङको एक रिसोर्टमा लडेको खुलासा

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार राति आफ्नो घरमा नभएर ललितपुरको लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा सुतेको खुलेको छ । त्यही रिसोर्टभित्र लडेपछि उनलाई अस्पताल दौडाइएको स्रोतले बतायो ।

प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एउटा वैवाहिक कार्यक्रमका लागि उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् । उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल ल्याइएको स्रोतले बतायो । प्रचण्डको टाउकोमा टाँका लगाइएको छ ।

छोरीज्वाइहरुसहित गएका प्रचण्डले राति अत्यधिक मदिरा सेवन सहित रमझम गरेका थिए । त्यसपछि अर्धचेत अवस्थामा  बाथरुममा लडेको बताइए पनि विस्तृत विवरण आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here