केही दिनदेखि सामाजिक सञ्जालले मेरो मानसिकतालाई अलि धेरै चलायमान बनाएको थियो। सुरक्षा पन्तको नयाँ फिल्म ‘खेल’ प्रदर्शनमा आएसँगै उनले एक टेलिभिजनमा दिएको अन्तर्वार्ता खुबै चर्चामा आयो। फिल्मको प्रोमोसँगै उनको अन्तर्वार्ता जब टेलिभिजनबाट प्रसारित भयो त्यसैकारण उनको फिल्म सुपर फ्लप भयो र फिल्म फ्लप हुनुमा राजावादीको आलोचनालाई दोषी ठहर्याएर चर्चा भयो। टेलिभिजन अन्तर्वार्तामा सुरक्षा पन्तले युवराज हृदयन्द्रलाई राम्रो हुनुहुन्छ फिल्ममा आउनु भनेको कुरा ले बढी चर्चा पायो।
विशेषत गणतन्त्रवादी र महिलावादीहरूको कमेन्ट पढेर म आफैले आफैलाई धेरै प्रश्नहरू गर्न मन लाग्यो र ती प्रश्नको जवाफले पनि निरन्तर झकझक्याइ रह्यो। समीक्षा गरें, सोधेँ आफैलाई कलाकार बारे म के बुझ्छु ? मलाई के प्रभाव पर्छ? कसरी बोल्नुपर्छ? मैले हेरेका थुप्रै नेपाली फिल्म हिन्दी फिल्म र केही अंग्रेजी फिल्महरु, त्यसका कलाकार तिनको बोल्ने शैली र अन्तर्वार्ताहरु पुन: हेरेँ । हेरिसकेपछि लाग्यो हामीहरु कति सजिलै यो वा त्यो दल, यो वा त्यो वर्ग, यो वा त्यो जात, यो वा त्यो धर्म भनेर विभाजित हुन्छौ अचम्म लाग्यो।। म कहिलेकाहीँ मात्र फिल्म हेर्न हलमा जान्छु। दशैं अगाडि अन्तिम पटक फिल्म हेरेकी थिएँ। मैले आइतबार बिहानै बहिनीलाई फोन गरें र फिल्म हेर्न जाउँ भने उनले खासै रुचि मानेकी थिइनन्। मैले मनाए हामी बुधबार साढे पाँच बजेको फिल्म हेर्न सिटी सेन्टरको बिग मुभी हलमा पुग्दा त्यत्रो हालमा हामी जम्मा २१ जना दर्शक मात्र थियौँ। फिल्म निर्माताका निम्ति, कलाकारका निम्ति र चलचित्र उद्योगका निम्ति साँच्चै यो सुखद कुरा थिएन।
सुरक्षा पन्तको अभिनय राम्रो थियो तर विषयवस्तु दर्शकलाई तान्न सक्ने खालको हो भन्ने मलाई पनि महसुस भएन । नेपाली बजारमा कस्ता फिल्महरु चल्छन् ? र कुन विषयले समाजलाई कसरी आकर्षित गर्न सक्छ ? त्यसले के सन्देश दिन सक्छ? मुख्यत दर्शकको खोज त्यसैमा रहेको हुन्छ र सबै निर्माताहरुको चाहना पनि दर्शकको रोजाई अनुकूलका फिल्महरू तयार गर्न मै समर्पित हुन्छन् तर सबै सफल भइरहेका हुँदैनन् र फिल्म फ्लप हुन्छन्। सायद ‘खेल’ फिल्म पनि यो असफलताको शिकार भएको छ अहिले ।
विचार र सम्बन्धका हिसाबले रेखा थापा बाहेक व्यक्तिगत रूपमा म कुनै पनि कलाकारलाई चिन्दिन। यो मेरो रेखा थापा बाहेकका अन्य कलाकारहरु प्रतिको आग्रह होइन बरु नजिकबाट चिन्न नपाएको गुनासो हो । अर्को पाटो निकट परिचय हुनु र नहुनुले मलाई खास फरक पनि पार्दैन किन भने म सबै नेपाली कलाकारलाई उत्तिकै सम्मान गर्छु र मलाई कलाकार भन्दा पनि कलाकारितालाई चिन्नु जरुरी लाग्छ । कलाकार देशको यस्तो गहना हो जसले सकारात्मक सन्देश दिन्छ र कलाकारिताकै माध्यमले समाजमा आमूल परिवर्तन ल्याउन सकिन्छ तर यो फिल्म हेर्दा मैले युवा पुस्ताको मनलाई आकर्षित गर्ने कुनै कुरा पनि देखिन। केही साथीहरुले फिल्मको बारेमा फोन गरेर म्यासेज गरेर र कमेन्टमा पनि सोध्नुभयो। मैले म आफूले बुझ्न नसकेको कथावस्तुबारे सुनाएँ । कथाबस्तु बिनाको अभिनय र अभिनय बिनाको कथावस्तु फिल्म हुन सक्दैन मेरो विचारमा। वास्तवमा ‘खेल’ फिल्ममा कलाकारको अभिनय निखारिएको छ तर कथाबस्तु निम्छरा हुँदा दर्शक नतानिएका हुन् भन्ने बुझ्न गाह्रो परेन ।
दोष राजावादी वा अरु कुनैवादीको होइन कथाबस्तुको रहेछ । महिला भएकै कारण सुरक्षालाई अपमान गरेको भन्ने पनि लागेन सुरक्षा अब्बल कलाकार तर विषय समसामयिक नरहेको मैले महसुस गरे। फिल्म हेरेपछिको यो मेरो निजी समीक्षा हो यसमा कसैले अन्यथा लिनु आवश्यक छैन।सामाजिक सञ्जालमा यो वा त्यो कमेन्ट गर्नुभन्दा पहिले विषयको गहिराई बुझौँ। सेयर र कमेन्ट गर्न सजिलो छ। तर थोरै समय दिएर विषयवस्तु बुझ्दा सन्तुष्टि मिल्छ।
सुरक्षा पन्तको अन्तर्वार्तालाई आवश्यकताभन्दा धेरै चर्चामा ल्याइयो। युवराज हृदयन्द्रबारे जे भन्नु भएको छ कहिले काहीँ फिल्मको भूमिका निभाउनु र भन्दा साँचो र वास्तविक जिन्दगी बाँच्नु भोग्नु फरक र गार्हो हुन्छ । आज सामाजिक सञ्जालमा सबै कोणहरु छ्यापछ्याप्ती आएका छन् त्यसमाथि प्रधानमन्त्री स्वयंले कलाकार सुरक्षा पन्त र युवराज हृदयन्द्रको कुरा चासोका साथ बोल्नुभएको छ। यी कुराहरुले चर्चा पाइरहँदा देशलाई कस्ता कुराले कतातिर धकेलिरहेको छ भन्ने सोच्न बाध्य पारेको छ ।
सामान्य विषयवस्तु नबुझ्दा त्यसैका अर्थहीन चर्चाहरूले महत्वपूर्ण ठूला विषयहरू ओझेल परेका छन्। ठूला विषय ओझेल पारेर जनतालाई सञ्जालका उडन्ते विषयमा हुडल्ने प्रधानमन्त्रीलाई यस्तै हर्कतले खुब स्वाद परेको छ। मिडिया अन्धधुन्ध भएर समाचार र विषय विहिन छन् भन्ने म मान्न चाहन्न तर नेता वा सेलिब्रेटी भन्दैमा जे पायो त्यही बोल्ने र गर्नेहरुका पछि लागेर बनाइने समाचार पनि सुरक्षाको फिल्म ‘खेल’ जस्तै हुन्छ सुपर फ्लप। सञ्जालहरू पनि संयमित भएर लाइक कमेन्ट र सेयर गरौं। यो वा त्यो बादको नाममा दोष लगाउनुभन्दा पहिले सहयोगी बन्ने कोसिस गरौं। फिल्म कलाले मात्र होइन विषयले चल्छ र सुरक्षा पन्तले हृदयन्द्रको बारेमा बोलेको कुराले मात्र खेल फिल्म फ्लप भएको होइन तर यसैलाई आधार मान्नु पूर्वाग्रहपूर्ण छ। फिल्मको खेल जस्तै नेपालको राजनीतिक खेल पनि फ्लप भएको वर्तमान घटना क्रमले देखाएकै छ । कसरी म मात्र सफल हुने र अरुलाई सिध्याउने भन्ने तन्त्र राष्ट्र निर्माणको मन्त्र हुन सक्दैन। सकिन्छ मन्त्र र तन्त्र दुवै सुधारौं सकिँदैन गहिरो समीक्षा गरौं बसौ । तर तिम्रो फिल्म चल्दैन हामीलाई के को दोष?
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी