भाटभटेनीमा लुटपाट हुँदा छरिएको स्याउ,सुन्तला टिप्ने आठजना रिहा

0

२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ ।

हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आठ जनालाई छाडेको हो । हाजिर जमानीमा छुट्नेहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो ।

जसमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here