कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन, राजीनामा स्वीकृत गर्न अब अर्को आदेश कुर्नु पर्ने बाध्यता

0

३० चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ ।
जारी आन्दोलन, प्रदर्शनलगायतलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालयले कर्मचारीहरुको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । यो निर्देशन सगै राजीनामा स्वीकृत गर्न अब अर्को आदेश कुर्नुपर्ने बाध्यता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here