गीतकार टीका भट्टराई नेपालको ‘माटोको सुगन्ध’ सार्वजनिक

0

चैत्र ३० काठमाडौँ । गीतकार टीका भट्टराई नेपालको छैटौं कृति  ‘माटोको सुगन्ध´नामक गीति संग्रह विमोचन  गरिएको छ। बिजुली बजार काठमाडौँमा अवस्थित गीतकार संघ नेपालको सभाहलमा आयोजित कार्यक्रममा विमोचन गरिएको गीत संग्रह ‘माटोको सुगन्ध’ बारे व्यापक चर्चा परिचर्चा समेत गरिएको थियो।

वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गीतकारको व्यक्तित्वमाथि साहित्यकार खगेन्द्रा ‘खुसी ले प्रकाश पार्नु भएको थियो भने कृतिको समीक्षा समालोचक सुशीला पौडेलले गर्नु भएको थियो। एकसय एघार गीतहरु संग्रहित रहेको उक्त कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै साहित्यकारहरु:केशव आचार्य, अच्युत घिमिरे, अमर वान्तु,गीता खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षता रहेको उक्त कार्यक्रममामा  वरिष्ठ कलाकार उत्तम केसी, गायक नन्दकृष्ण जोशी, वरिष्ठ रेडियोकर्मी धन लामा, संगीतकार बलराम समाल,संस्कृतिविद् जितेन राई, साहित्यकारहरु ज्योतिकिरण, राजबाबु श्रेष्ठ सागर,आशबहादुर तामाङ, दिलिप योञ्जन, भरत बमजन, राम भट्टराई, एलएन ठुले राई, बालक गुरुङ, रचना प्रसाईं, नारायणकुमार आचार्य, प्रमोद भट्टराई ‘प्रतिक’,  तुलसी गिरी भावुक, शुसिला बराल, सीता ‘आस्था’ ढुङ्गेल,प्रमोद ढुङ्गाना, माया मितु न्यौपाने लगायतका व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here