९० करोड झ्वाम पार्ने राप्रपाकी सांसद अझै फरार, लाजै लजाउँदा पनि लाजाएनन् राजेन्द्र लिङ्देन

0

चितवन —भरतपुर महानगरस्थित सनराइज सहकारीको बचत हिनामिनामा संलग्नहरू पक्राउ नपरेकोमा बचतकर्ताले आक्रोश व्यक्त गरेका छन् । सहकारीको बचत हिनामिनामा संलग्न रहेको अभियोग लागेकी राप्रपा संघीय सांसद गीता बस्नेतलगायत व्यक्ति महिनौंदेखि फरार रहेको भन्दै उनीहरूलाई छिटो पक्राउ गर्न पीडितले माग गरेका हुन् ।
सनराइज सहकारीका पीडित बचतकर्ताले बचत फिर्ता नपाएको र सहकारीको ९० करोड बचत हिनामिना भएको भन्दै गत वर्ष पुस १७ मा चितवन प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानपछि ९० करोड बचत हिनामिना गर्ने गीता बस्नेतसहित २१ जनालाई प्रतिवादी कायम गरेर चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मुद्दामा गत मंसिर ४ मा थुनछेक बहस हुँदा अदालतले त्यतिबेला उपस्थित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
तर राप्रपा संघीय संसद गीता बस्नेत सहित १७ जना अझै पक्राउ पर्न सकेका छैनन् । बचत हिनामिनाकी मुख्य योजनाकार रहेकी संसद बस्नेत पक्राउ नपर्नुमा उच्च राजनीतिक संरक्षण रहेको सहकारी पीडितको बुझाइ रहेको छ भने सांसद बस्नेतले आफ्ना निकटतमहरुसँग आफूले मोटो रकम पार्टीमा बुझाएर सांसद बनेको कारण पार्टी नेत्रित्वलेनै सबै कुरा मिलाईरहेकोले आफूलाई प्रहरीले पक्राउ गर्न नसक्ने कुरा बताउने गरेको निकट श्रोतले बतायो ।
आफूलाई सुशासन र भ्रष्टाचार विरोधी दाबी गर्ने राप्रपा र राप्रपाको नेतृत्व राजेन्द्र लिङ्देनले अहिलेसम्म यस्तो गम्भीर आरोपमा फरार रहेकी सांसद गीता बस्नेतमाथि पार्टीको जिम्मेवारी र उनलाई दिएको संवैधानिक भूमिकाका विषयमा कारबाहीको कुनै निर्णय गराउन चाहेका छैनन् । लाजै लाजाई सक्दा पनि आफू नलजाउने राप्रपा नेतृत्वको यो भूमिका र गीता बस्नेतले आफू निकटहरुसँग बताउने गरेको मोटो रकम बुझाएर सांसद बनेको कुरा तुलना गर्दा धेरै हदसम्म सत्यको निकट देखिएको राप्रपा नेताहरुले नै बताउने गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here