’दमरखोला फनफनी घुम्यो
गल्कोटको वीच हजुर
माछी तल -तल बग्यो, उमेर माथि -माथि
तर पनि छाडेन कहिल्यै, ऋणै ऋणको भारी हजुर
दमर खोला फनफनी घुम्यो
गल्कोटको बिच हजुर’
काठमाडौँ । वरिष्ठ जनवादी गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुन (सी) को रचना तथा सङ्गीत रहेको यो गीत सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा भाइरल भएको छ।
नेपाली जनजीवन, प्राकृतिक सुन्दरता भित्रको बेरोजगारी,गरिबी, ऋण र देशछोड्नुको बाध्यतालाई आधार बनाएर रचना गरिएको गीत “दरम खोला फनफनी घुम्यो” शुक्रबार सार्वजनिक गरिएको हो ।
श्रोताहरुमाझ लोकप्रिय बनेको उक्त गीतमा गायक थानेश्वर गौतम,जनवादी गायीका केशरी घर्तिमगर ’एलिना’ र गायीका सविता बस्नेतले स्वर दिएका छन् भने उक्त गीत थानेश्वर गौतमकै अफिसिएल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।