काठमाडौँ उपत्यकाभित्रका बाँदरहरूमा भोकमरीको समस्या देखापरेको छ। स्वयम्भू र पशुपतिनाथ मन्दिर इलाकालाई आधार क्षेत्र बनाएर बस्दै आएका बाँदरहरू भोकले मर्न थालेका छन् ।
खानेकुराको खोजीमा दिनहु भौतारिएका बाँदरहरूमा भोकको प्रताढनाले मानिसहरुले जे दिन्छन् त्यही खाने स्थिति आएपछि कतिपय असंवेदनशील मानिसहरुले रक्सी, चुरोट, गाँजा कोक, फेन्टा जस्ता अखाद्य वस्तु समेत दिने गरेका कारण केही बाँदरहरुमा भने गम्भीर खाले हिंस्रक स्वभाव देखिन थालेका छन् भने विशेष गरी सुत्केरी बाँदरहरुले भोक प्यासको संघर्षमा ज्यान बचाउन सकिरहेका छैनन्।
खानाको अभाव र भोक प्यासको जलनमा परेका केही बाँदर भने दुर्व्यसनको कुलतमा समेत फसेको पाइएको छ । विशेष गरी पशुपति क्षेत्रमा रहेका केही बाँदरहरु कुलतमा समेत फसेको पाइएको हो। लागुऔषध प्रयोग कर्ताहरुसँगै बसेर गाँजा,चुरोट तान्ने देखि रक्सी खाने सम्मका कुलतमा बाँदर फसेको पाइएको हो। खाना अभावमा परेका बाँदरहरुको समस्या समयमै समाधान गर्ने तर्फ सरोकार वाला सबैले सचेतता पूर्वक सोच्नु पर्ने देखिएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी