काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको संविधानको अनुसूचीमा भएको चुच्चे नक्सा अंकित १०० रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले बोलपत्रमार्फत कम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई १०० रुपैयाँको नोट छाप्ने, आपूर्ति तथा डेलिभरि गर्ने जिम्मा दिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार, हाललाई पहिलो चरणको काम सकिएको छ । अब आशयपत्र कम्पनीलाई पठाएर सम्झौता हुने छ । राष्ट्र बैंकले यसअघि पनि १०० रुपैयाँको नोटमा नेपालको नक्सा राख्दै आएको थियो ।