काठमाडौँ। हिन्दूवादी र राजावादीका नाममा भइरहेका आन्दोलन र गतिविधि प्रति पूर्वराजा ज्ञानेन्द्र शाह असन्तुष्ट देखिएका छन्। विश्व हिन्दूमहासंघका गतिविधि प्रति पनि राजा असन्तुष्ट रहेको बुझिएको छ। राजा र धर्मका नाममा धार्मिक र जातीय सद्भाव विथोल्ने र आफ्नो उल्लु साध्ने तत्व देशमा सक्रिय रहेको र यस्तो कार्यले मुलुक र राजसंस्थाको गरिमामाथि नै नकारात्मक सन्देश गइरहेको भन्दै यस्ता असंवेदनशील र प्रायोजित गतिविधिबाट सचेत रहन राजाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई विशेष सुझाव दिएको श्रोतले बताएको छ ।
अस्मिता भण्डारी अध्यक्ष रहेको विश्व हिन्दु महासंघले २८ गते काठमाण्डौको माइतीघरमा हिन्दू जुलुस निकाल्ने कार्यक्रम घोषणाप्रति पनि राजाको गम्भीर असन्तुष्टि रहेको बुझिएको छ ।त्यही कारण राजा झापा तर्फ लागेको बुझिएको छ। झापामा रहेका पूर्वराजाले राप्रपा अध्यक्ष लिङ्देनलाई झापामै बोलाएर यस्ता गतिविधिको भ्रममा नपर्न र नबहकिन सुझाव दिएको श्रोतले बताएको छ। मुख्य गरी विश्व हिन्दू महासंघको महासचिवको भूमिका शङ्कास्पद र रहस्यमय रहेको निकट सूत्रले बताएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी