५ भदौ, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध हुँदा यात्रुको विचल्नी भएको छ । आज बिहान ढुंगासडकमा माटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ । खाद्य सामग्री र कृषि उपज बोकेका सवारी सगै बिरामी बोकेका एम्बलेन्स समेत अवरोधमा पर्दा जटिलता माथि थप जटिलता थपिएको छ। पहिरोको अवरोध खुलाउने प्रयास जारी रहे पनि ठूलो पहिरो खसेको हुनाले अवरोध हटाउन समय लाग्ने देखिएको छ।