रवि सहित रास्वपाका सबै मन्त्रीहरूले आज राजीनामा गर्दै

0

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज बिहान ८ बजे राजीनामा दिने भएका  छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी गराएका छन्।

‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान आठ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ,’ परियारले भने । पार्टी भित्र र बाहिर दुवै तिर चर्को आलोचना बेहोरिरहेका रवि लामिछाने अब कस्तो नीति लिएर अगाडि बढ्छन् भन्ने अन्योल कायमै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here