महेन्द्रनगर (धनुषा), जेठ ५। जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । धनुषाको सहिदनगर नगरपालिका –८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’ का सञ्चालक तथा मकालु खबरमा कार्यरत हुनुहुन्थ्यो ।
मोटरसाइकल पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते हुनुभएको छ । घाइते यादवको सीता अस्पताल जनकपुरमा उपचार भइरहेको छ