२१ वैशाख, झापा। झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । कक्षा १२ मा पढ्ने एनिका अधिकारीमाथि स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा गोली प्रहार भएको छ ।
उदयपुर घर भई दमकमा डेरा गरी बस्ने अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली हानेर फरार भएका ती युवकको खोजि कार्य भइरहेको छ भने घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।