१ फागुन,सुनसरी , माघ २९ गते सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैँकको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।
ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियो गाडी चेकजाँच गर्ने क्रममा कालो ब्यागभित्र सेतो बोरामा राखिएको अवस्थामा नक्कली नोट फेला पारेको थियो। यो नोटमा प्रयोग भएको बैंकको ट्याग र नक्कली नोटबारे प्रहरी थप अनुसन्धान सुरु गरेको छ ।