झापाली जनताले गुमाए प्यारो अभिभावक, काङ्ग्रेस नेता बुढाथोकीको निधन

0

२३ माघ,काठमाडौँ। पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको दु:खद  निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका ८० वर्षीय बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हो ।

उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए । बुढाथोकी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेखेका छन् ।

झापाली जनतामा अत्यन्तै लोकप्रिय एवम जनताका  सङ्कटको साथी बनेर आफ्नो परिचय स्थापित गरेका बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।

बुढाथोकीले सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भएर काम गरेका थिए  ।

बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here