गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको एमाले अध्यक्ष ओलीको आरोप

0

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको दाबी गरेका छन्  । पार्टीको महाकाली–मेची अभियानअन्तर्गत पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन आफ्नो दलको विरोधमा रहेको पनि उल्लेख गरे  ।

विकास निर्माण र जनताप्रति सरकारले कुनै सरोकार नदेखाएको बताउँदै उनले  राष्ट्रियताको पक्षमा पनि शिर निहुराएको उनको आरोप छ । एमालेबाहेक अरुले मुलुक बनाउन नसक्ने जिकीर गर्दै एमाले अध्यक्ष ओलीलेभने , ‘मुलकको पछिल्लो अवस्थालाई तोड्न एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’


उनले नेकपा एमाले एउटा साधारण प्रतिपक्ष नभएको र इतिहास रचना गरेर आएकाले इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी भएको उल्लेख गरे । ‘देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ,’ उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here