एनसेल बिक्री प्रकरणबारे राज्य व्यवस्था समितिले प्रधानमन्त्रीसँग जानकारी लिने

0

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग मंसिर २५ गते छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए ।

सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here