काठमाडौँ । प्रहरीले काठमाडौँको नागढुगां नाकाबाट २ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ ।
रसुवाबाट उक्त परिमाणको सुन काठमाडौँ ल्याउदैँ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।