यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात ठप्प रहेको छ । गत शनिबार गृह जिल्ला ताप्लेजुङ आउनुभएका नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनाका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका दुईजना पहिचानवादी कार्यकर्ताको रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको सङ्घर्ष समितिले बताएको छ ।प्रहरीले पहिचानपक्षधर पाथीभरा याङवराक–घतिरिङे निवासी विविनकालिङवा र आनन्दकालिङवालाई झुटो आरोप लगाएर मङ्सिर ११ गते पक्राउ गरेको दाबी सङ्घर्ष समितिको छ । प्रहरीले शान्तिसुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेकोे जनाएको छ ।कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हँदा पाथीभरा आएका सयौं यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् ।
यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात ठप्प रहेको छ । गत शनिबार गृह जिल्ला ताप्लेजुङ आउनुभएका नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनाका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका दुईजना पहिचानवादी कार्यकर्ताको रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको सङ्घर्ष समितिले बताएको छ ।प्रहरीले पहिचानपक्षधर पाथीभरा याङवराक–घतिरिङे निवासी विविनकालिङवा र आनन्दकालिङवालाई झुटो आरोप लगाएर मङ्सिर ११ गते पक्राउ गरेको दाबी सङ्घर्ष समितिको छ । प्रहरीले शान्तिसुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेकोे जनाएको छ ।