३० असार, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।
गठबन्धनले सभामुखको मत प्रयोगगर्दै बहुमत जुटाएर कोशी प्रदेशमा एमाले सरकार ढालेर काङ्ग्रेस नेतृत्वमा सरकार बनाएको छ भने सभामुखको मतलाई प्रयोग गर्नु संविधान बिपरित रहेको संविधानविदहरुले समेत बताउदै आएका छन् भने यो विषयमा एमाले आक्रामक प्रतिरोधमा उत्रने सङ्केत दिएको छ ।