प्रेम सुवालले प्रधानमन्त्री दहाललाई गरे यस्तो कठोर प्रश्न

0

१३ असार,काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवालले ललिता निवास काण्डमा प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका हुन्। प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा बोल्दै ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने अभियुक्तलाई पक्राउ गर्न थालिएको बताएका थिए।

त्यसमा सांसद सुवालले प्रश्न गर्दै  ललिता निवास काण्डमा ‘हाई प्रोफाइल’ व्यक्तिलाई बचाउन खोजिएको आरोप लगाएका छन् ।

“ललिता निवास काण्डमा त्यति वेलाका तीन जना प्रधानमन्त्री र तीन जना अर्थमन्त्री जोडिएका छन्। उनीहरूलाई किन कारबाही भएन?” भन्दै सुवालले  कठोर प्रश्न गरेका छन् ।

ललिता निवास काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह लगायत ६ जनालाई पक्राउ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here