ललिता निवास घोटालामा पक्राउ परेका ६ जनालाई भोलि CIB ले पत्रकार सम्मेलनबाट सार्वजनिक गर्ने

0

१२ असार,काठमाडौ।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले आज दिउँसो उनकै निवासबाट पक्रेको छ । गुरुङलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि समातिएको जनाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई भाटभटेनी मन्दिरसँगैको पहिलो भाटभटेनी डिपार्टमेन्टल स्टोरको हातामा रहेको निवासबाट पक्राउ गरेको हो । उनलाई पक्रेलगत्तै विभिन्न स्थानबाट सोही प्रकरणमा मुछिएका अन्य छ जनालाई पनि समातिएको छ ।

सस्तो मूल्यमा किनिएको ललिता निवास वरपरको २९९ रोपनी ३ आना जग्गामध्ये गुरुङले २९ रोपनी ३ आना लिएका थिए । उक्त स्थानमा भाटभटेनीको केन्द्रीय गोदाम बनाइएको छ । त्यहाँबाट नेपालभरका भाटभटेनी स्टोरमा सामान वितरण गरिन्छ । सोही २९ रोपनी जग्गा र आज पक्राउ परेका सात जनाबारे भोलि सिआईबीले पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीको उच्च स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here