अब एक सय रुपैयाँमै कम्पनी खोल्न सकिने

0

१५ जेष्ठ,काठमाडौँ।सरकारले अबदेखि एक सय रूपैयाँमै कम्पनी खोल्न सकिने व्यवस्था गर्ने भएको छ।

सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन्।

अनलाइन प्रणालीबाटै कम्पनी दर्ता तथा खारेजीको प्रक्रिया सरल र पारदर्शी बनाउने समेत उनले बताए।

त्यस्तै नयाँ कम्पनी दर्ता गर्दा वा पुँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ। हालसम्म यसमा शुल्क लाग्ने गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here