सभामुखलाई कठपुतली बनाउन खोज्दा फस्यो सरकार,पुूर्व सभामुख ढुंगानाले दिए चेतावनी

0

१३ चैत,काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगाना पनि सभामुखको अधिकार कटौतीको विरोधमा उभिएका छन् ।

ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने उल्लेख गर्दै “सभामुखको अधिकारलाई राजनीतिक पार्टीको खिचातानी ,दाउपेच र पुर्वाग्रहको साँघुरो दायरामा राख्ने सोच समझ र ब्यवहारले लोकतन्त्र कहिले संस्थागत होला ?” भन्ने प्रश्न समेत गरेका छन्   ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्य व्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ । सभामुख एमालेको भन्ने आग्रहबाटै ग्रसित देखिएका प्रधानमन्त्री प्रचण्ड जसरी पनि सभामुखलाई नियन्त्रणमा राख्न चाहिरहेका छन् । सभामुखको अधिकार कटौतीको भित्री उदेश्य बुझेरै अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभा मात्र होइन राष्ट्रियसभाका सांसदहरू समेत उभिएका छन् । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गलत भएको टिप्पणी गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here