१४ फागुन, काठमाडौँ,आठ दलिय गठबन्धनको बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गरिने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँगको सहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइ हालेको छैन । यद्यपी, सरकारबाट बाहिरिने संकेत गरिसकेको छ। राप्रपा सरकारबाट अलग भए सँगै प्रचण्डलाई अब पुन बिश्वासको मत लिनु पर्ने भएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेलको मनोनयन दर्ता गराइएको छ भने एमालेले सुवास नेम्बाङलाई अघि सारेको छ ।