स्वतन्त्र तिब्बतको राष्ट्रिय धुन बजाएर शरणार्थी क्याम्पमा लोसार सम्पन्न,कुटनीतिज्ञले दिए चेतावनी

0

१२ फागुन, काठमाडौ,जाउलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा स्वतन्त्र तिब्बतको राष्ट्रिय धुन बजाएर भब्यताका साथ तिब्बती नयाँ बर्ष लाेसार पर्व मनाइएको छ। नेपाल स्थित दलाइलामाको निर्वासित सरकारको दूतावास,लाजिम्पाटको संयोजनमा आयोजना गरिएको कार्यक्रममा नेपालस्थित अमेरिकी राजदूत मी.डिन.थोम्सन, स्विस राजदूत, मानव अधिकार प्रतिष्ठानका भवानी खरेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
नेपाल प्रहरीकाे बलियो सुरक्षा घेरामा कार्यक्रम अायाेजना गरिएको थियो। अमेरिकी राजदूत बिहान अाठ बजेदेखि दस बजेसम्म झण्डै दुई घण्टा बढी समय उक्त कार्यक्रममा सहभागी भएका थिए। तिब्बती शरणार्थीले नयाँ बर्ष लाेसार कार्यक्रम मनाउनु सामान्य हो। पर्वलाई अन्यथा लिन नसकिने भए पनि ,दलाइ लामाको निर्वासित सरकारकाे तिब्बती राष्ट्रिय धुन बजाएर कार्यक्रम सञ्चालन गरिनु र उक्त कार्यक्रममा नेपाल प्रहरीले सुरक्षा दिनुलाई चिनियाँ पक्षले गम्भिर रुपमा लिएको बताइएको छ। निर्वासित सरकारको तिब्बती राष्ट्रिय धुन बजाएर नेपाल सरकारले दलाई लामाको सरकारलाई मान्यता दिएको पुष्टि भएको भन्दै अमेरिका जस्तो प्रजातान्त्रिक देशका राजदूत सहभागी भएकाे कार्यक्रममा यसरी निर्वासित सरकारकाे राष्ट्रिय धुन बजाउनुले नेपालले भन्दै र मान्दै अाएकाे एकचीन नीतिको नेपाल स्वयंले उल्लंघन गरेको अर्थ लाग्ने कुटनीतिज्ञहरुले प्रतिक्रिया दिएका छन्। तिब्बतको सवालमा सधैं संबेदनसिल रहेको चीनले नेपाल भित्र हुने चीन बिरोधी गतिविधिलाई सधैं नजिकबाट नियालिरहेको हुनाले यस्ता कुरामा नेपाल सरकार आफैले सङ्का उत्पन्न हुने कार्य गर्नु ,गराउनु वा गर्न दिनु देशको हितमा नहुने भएकोले सरकार जिम्मेवार हुनुपर्ने कुटनीतीज्ञहरुले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here