११ फागुन,काठमाडौ ,प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा नेपाली काङ्ग्रेससँग गठबन्धन गर्ने तयारी थालेका छन् । राष्ट्रपतिको निर्वाचन र आगामी सरकारको विषयमा समेत नेपाली काङ्ग्रेससँग कुरा टुंगोलागिसकेकोले काङ्ग्रेस र माके बिच समझदारीको लिखित सम्झौता आजै हुनसक्ने काङ्ग्रेसका एक नेताले बताएका छन् ।
ओलीले माधव नेपालको नाम अगाडि सारेपछि असहज देखिएका प्रचण्डले त्यसको काउन्टरमा काङ्ग्रेसबाट राष्ट्रपतिको उमेदवारमा शेरबहादुर देउवालाई नै अगाडि बढाउने मनसाय राखेको एक नेताले बताएका छन् । देउवाले रामचन्द्र पौडेललाई अगाडि बढाउने तयारी गरिरहेका बेला ओलीले माधव कार्ड प्रयोग गरेपछि माधवलाई समेत सहमतिमा ल्याउन सकिने पात्र देउवा भएकोले प्रचण्डले देउवालाई नै उमेदवार बन्न सुझाएको श्रोतले बताएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उमेदवार तय गर्न आज केन्द्रीय कार्यलयमा बैठक बस्तै छ ।