१६ माघ ,काठमाडौ ,नेकपा माओवादी केन्द्रको आज बसेको बैठक तनावपूर्ण रहेको बुझिएको छ । गृहमन्त्रीबारे छलफल सुरुहुन नपाउँदै दाबेदारको लामो लिस्ट सुन्न बाध्य भएका प्रचण्डले निक्कै निराशा व्यक्त गरेको श्रोतले बताएको छ । सरकारको नेतृत्व गर्ने दलले नै गृह मन्त्रालय लिनुपर्ने मत पार्टीमा उठेकाले माओवादीले त्यसबारे औपचारिक छलफल गर्न लागेको हो ।
आज बसेको पदाधिकारी बैठकमा यो विषय टुंगोमा पुग्न नसकेपछि गृहमन्त्री छान्ने जिम्मेवारी अन्ततः पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई नै दिने निर्णय गर्दै आजको किचलो टुङ्गिएको छ। गृहमन्त्रालय ताक्ने पार्टीभित्रका आकाङ्क्षी सबैको अनुहार देखेपछि प्रचण्ड निराश भएका छन् । तिनै मध्येबाट दुइदिन नारी छाम्ने र प्रचण्डले विस्वास गरेको भरपर्दो छानेर बुधबार स्थायी समिति बैठकबाट अनुमोदन गराउने तयारी रहेको श्रोतले बताएको छ ।