देउवा निवासमा छलफल भन्दा हल्ला धेरै,पदाधिकारी बैठकमा कपाल हालाहाल

0

४माघ, काठमाण्डौ,सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ।  कांग्रेसमा अहिले सभामुखमा उमेदवारी दिने र नदिने दुवैथरीका मत रहेका छन्।

सभामुखजस्तो पदमा विवाद नमिम्त्याउन सहमतिका साथ अघि बढ्नुपर्ने हुँदा नजित्ने अवस्थामा उमेदवारी दर्ता नगर्ने मत रहेको छ भने अर्को समूहले उमेदवारी कायमै राख्नुपर्ने बताउँदै आएको छ।सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।तर बैठकमा छलफल भन्दा पनि धेरै हल्ल खल्ला, आँखा तरातर र कपाल हालाहालको स्थिति बनेको एक नेताले बताए।आक्रोशित देउवाले नजित्ने चुनाव नलड्ने राय प्रकट गर्दा यस्तो स्थिति आएको बताइएको छ। अहिले पदाधिकारी बैठक धुम्बाराहीमा चलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here