२६पुस, काठमाडौ ,नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने भएकाे छ ।
धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे ।
याे निर्णय अब केहीबेरमा संसदीय दलकाे बैठकबाट अनुमाेदन हुने धुम्बाराही बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए । ‘विश्वासकाे मत दिने भइयाे’, उनले भने ।
बिगत लामोसमय देखि देउवामाथि हावी हुँदै आएका प्रचण्डले यो पटक पनि देउवालाई विश्वासको मत दिन बाध्य पारेका छन् । देउवाले आफ्नाकुरामा मात्रै भर गर्न नसक्ने बुझेका प्रचण्डले काङ्ग्रेस भित्रका कुटिल र कुटनीतिक नेता कृष्ण सिटौलालाई पनि देउवा निवासमा बोलाएर सोमबार राती अबेर सम्म छलफल गरेका थिए ।
आज बस्ने संसदको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यतालिका रहेको छ। “काङ्ग्रेस सभापति देउवाले प्रचण्डलाई यता उता, तल माथि,दायाँबायाँ के के गर्नु भयो त ?”भनेर सोधेका थिए, जवाफमा प्रचण्डले “सबै मिलाएको छु,नपत्याए खड्का जी र सिटौला जीलाई सोध्नु यहीँ हुनुहुन्छ” भनेपछि देउवाले खड्का र सिटौलाको मुखमा हेर्दै “ठिक छ त्यसो भए म विहान संसदीय दलको बैठकबाट अनुमोदन गराउछु ढुक्क हुनुहोस्” देउवाको वचन पाएपछि प्रचण्ड मुसुक्क हाँस्दै देउवा निवासबाट कफी र तातो पानी खाएर बाहिरिएको श्रोतले बताएको छ । सो बमोजिमनै काङ्ग्रेसले विहानै देखि काम सुरुगरिसकेको छ ।