एमाले र माओबादी केन्द्र सत्ता समीकरणका निम्ति सहमतिको नजिक पुगेका छन् । दुवै पार्टीको तेस्रो बरियताबाट सुरु भएको गोप्य छलफललाई दोस्रो बरियाताले आधिकारिकता दिएको बताइएको छ । अब उच्च नेतृत्व तहमा वार्ताको तयारी रहेको श्रोतले बताएको छ । प्रचण्डको गोप्य सन्देश लिएर बालकोट पुगेका देव गुरुङ सकारात्मक सन्देश लिएर खुमलटार फर्किएको श्रोतले बताएको छ । प्रचण्डको तर्फबाट उच्च तहको पहिलो वार्ताको नेतृत्व देव गुरुङ,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले गर्ने र एमालेको तर्फबाट ईश्वर पोख्रेल ,प्रदिप ज्ञवाली र सुवास नेम्बाङले गर्ने जनाइएको छ ।
देव गुरुङसँगको वार्तामा माधवप्रति कठोर देखिएका ओलीले प्रचण्डप्रति सकारात्मक धारणा राखेको बताइएको छ भने ओलीप्रति अनुदार देखिएका प्रचण्ड समग्र एमालेप्रति सकारात्मक भाव राखिरहेको श्रोतले बताएको छ ।
नेता गुरुङसँगको भेटमा ओलीले आफूमाथि प्रचण्डले लगाएको १९ बुँदे आरोप पत्र कस्ले तयार पारेको हो ? भनेर सोधेका थिए कुटनैतिक शैलीमा प्रस्तुत भएका चलाख नेता गुरुङले १९ बुँदे आरोपमा कच्चा पूर्वाग्रह र गम्भिर राजनीतिक सैद्धान्तिक बिचलन दुबै रहेकोले मिलेर सच्याउनु पर्ने आवस्यकता रहेको बताएका थिए ।
प्रतिप्रश्न गर्दै ओलीले यो सच्याउन माधव नेपाल र बाबुराम भट्टराई तयार छन् ? भनेर सोधेका थिए । ओलीले बाबुरामको नाम लिएपछि झस्किएका देव गुरुङ्ले बाबुराम र माधव नेपाल अबको राजनीतिमा मिडिल पोइन्ट हुन् र ? भने पछि मुसुक्क हास्दै ओलीले “म सकारात्मक भएँ तपाईंले कन्भिन्स गर्नु भो” भन्ने जवाफ दिएको श्रोतले बताएको छ ।
छुट्ने बेलामा देव गुरुङले पुन: माधव,बाबुराम मिडिल पोइन्ट नभएको भन्दै प्रचण्डको आरोप पत्र सच्चिनेमा ओलीलाई आस्वस्त पारे, हिजोको संसद विघटनलाई राजनीतिक समिक्षाको विषय बनाएर प्रस्तुत हुन ओलीलाई नेता गुरुङले अग्रह समेत गरेका थिए ।
ओलीको सकारात्मक सन्देश बोकेर खुमलटार पुगेका देवगुरुङको कुराले प्रचण्डमाथि दवाव परिरहेको निकट श्रोतले बताएको छ भने माधव नेपाल र बाबुराम भट्टराईले प्रचण्डमाथि आँखा तर्न सुरुगरेका छन् । देव गुरुङको आत्मविश्वासले कति काम गर्छ त्यो भने हेर्न बाँकी छ।
यता एमाले र माओबादीको सत्ता समीकरणको कसरतले झस्किएका देउवाले पनि एमालेसँग हातमिलाउने प्रस्ताव पठाएका छन् । देउवाले ओलीलाई प्रत्यक्ष टेलीफोन गर्दै धमिलो मन सहित हलुँगो भारी बोक्नु भन्दा फराकिलो र उज्यालो मन सहित गह्रौगो भारी बोक्नु हितकर हुने अनुभुति भएको र प्रचण्डको दोहोरो चरित्रसँग आफू आजित भएको बताएका छन् । देउवाको प्रस्ताव र आसय बुझेका ओलीले देउवाको कुरालाई सकारात्मक लिएनन् उनले “उज्यालो मन र गह्रौगो भारी तलमेल नखाने , गह्रौ भारी बोकेर कसरी हास्तै हिड्न सकिन्छ र प्रधानमन्त्री ज्यू ?”भन्दै व्यंग्य पूर्ण ठट्टाको जवाफ फर्काएको श्रोतले बताएको छ । ओलीको मन देउवासँग पनि धेरै कुँडिएको निकट मानिसहरु बताउने गर्छन् । एमाले भित्र काङ्ग्रेससँग मिलेर जाने वा माओबादीसँग भन्नेमा दुइधार देखिएको छ भने माओबादी भित्र पनि त्यस्तै अवस्था छ । काङ्ग्रेस नराम्रो अन्तरकलहमा फसेको र आफ्नो पार्टीभित्र अप्रिय रुपमा हिजो खेलेको भन्ने ओलीको घाइते बुझाइमा काङ्ग्रेसले मलमपट्टी गर्ने प्रयत्न गरिरहेको छ । ओलीले कोसँगको सहकार्यमा जाने भन्ने विषयलाई नेतृत्वको मर्जी नभएर समग्रपार्टीको निर्णय बनाएर छलफल गर्ने सोच बनाएको श्रोतले बताएको छ। एमाले पार्टीको सबै तहका कमिटीहरुलाई सहकार्यबारे सुझाव युक्त निर्णय माग गर्ने समेत तयारी रहेको एमाले श्रोतले बताएको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी