२६ मंसिर, काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो ।
दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।प्राय सबै छिमेकीसँग सीमा समस्या समाधान गर्न नसकिरहेको भारत पटक पटक सीमा समस्यामा फस्दै आएको छ । बिगतमा पनि चीनसँगको सीमाविवादमा भारतले ठूलो मानवीय क्षती व्यहोरिसकेको छ।