२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ ।
समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।तीन जना पुरुष तर्फको चयन बैठकबाट निर्णय लिने अवस्था र वातावरण नै नरहेकोले अब बालुवाटारबाटै पार्टी सभापतिले आफ्नो अधिकार प्रयोगगरेर टुङ्गो लगाउन सक्ने एक नेताले बताए। निर्वाचन आयोगले दिएको समय आज ४ बजे सकिदैछ तर काङ्ग्रेसले अहिले अपरान्ह ३ बजे सम्म पनि निर्णय लिन सकेको छैन तर बैठक भने अझै जारी रहेको छ ।