• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
VK
Vrikuti News
बिहिबार, भदौ २५, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय राजनीति, आगामी सङ्कट र समाधान

निर्वाचन सकियो,परिणाम आयो , सबैको हैसियत सबैलाई थाहा पनि भयो। निरास मतदाताले आक्रोश पोखेर , सरापेर , कयौंले मन नलागी नलागी मतदान गरे । कतै  सरकारी शक्तिको दुरुपयोग,कतै दलका गुण्डाहरुले गरेको बुथ कब्जा । मरेका पितृको  नाममा समेत मतदान आदि बिकृत अनुहार र व्यापक  जनगुनासो सहितको  पितृ सराप युक्त  परिणामले पैदा गर्ने सत्ता समीकरण,त्यसको गणित र र्याल,सिँगानयुक्त  भ्रष्टहरुको फोहोरी सत्ता झगडासँग आम जनताको हिजो निर्वाचनमै जस्तो खास कुनै गहिरो  चासो देखिदैन तर  राजनीतिक वृत भनिएको स्वार्थी समूहमा भने यो चर्को बहसको विषय बनेको छ र यो कसरी कस्का पोल्टामा धेरै मल्खु हालेर दुनियाँ सामु धक्कु लगाउने भन्ने प्रपञ्चको रचना भइरहेको छ ।
कसैको बहुमत नपुग्नु स्वभाविक छ, यो व्यवस्थामा हाम्रा गुण्टा लिलाम पार्न कसैले  बनाइदिइएको रकमी तमसुकलाई संविधान भनेर  आँखा चिम्लिएर सहिछाप गर्ने हाम्रो असुर राजनीतिका कारण  देशको करङ बन्दकी राखेर लामो समय सम्म सावाँ ब्याज यसरी नै तिरिरहनु पर्ने प्रणाली छ हामीसँग। अस्थिरताको अनन्त शृङ्खलालाई आफ्नो भाग्य र भविष्य देख्ने अझ उपल्लो चेतनाको साखुल्ले पल्टिएर पहिचान,अधिकार र  स्वाभिमान पनि भन्ने उस्तै परे यसैमा थपेर राष्ट्रियता पनि भन्न्नेहरुको मृत मनस्थिति सदगद गर्न नसक्दासम्म कसैको बहुमत कहिल्यै नपुग्ने र कहिल्यै चुक्ता नहुने वैदेशिक शक्तिका झेली तमसुकभित्रका फतुरमा कैद  हाम्रा सङ्ख चक्र मुक्त हुनै सक्दैनन् ।
विचार,सिद्धान्त र मूल्यमान्यतालाई आगो लगाएर सहिदलाई खरानी दल्नेहरुले आफ्नो आत्मसमर्पण र गद्दारीलाई छोप्न दिन रात गठबन्धन वा तालमेलको मन्त्र जपे पनि, यसैलाई अग्रगमन हो भनेर अप्रिय झुट र लुटका जलप लगाए पनि मान्छेले पत्याउने कुरा अब बिस्तारै घट्दै गएको छ । यस्ता कुरामा ताली बजाउनुको सट्टा मान्छेहरूले आक्रोशको घण्टी र चेतनाको डण्ठि समाउन आँट गरेका छन् । यसले अब समय बद्लिदै छ भन्ने सङ्केत मात्र गरेको छैन अझ राम्रो त के भएको छ भने देशभर रिसाएका मान्छेहरुको स्पष्ट तथ्याङ्क  समेत सार्वजनिक भएको छ।
< छैन सुध्रने छाँट:-
जतिनै फुर्ती गरेर दलीय समीकरण,तालमेल,गठबन्धन वा पार्टी एकता भनेर गुड्डी हाके पनि त्यो केवल  बालुवाको घर हो भन्ने हाम्रो राजनीतिको नियतीले प्रष्ट पारेकै छ । राष्ट्रिय  आत्म समर्पणका अनेकौ मोडलहरुबारे पनि समाज भुक्तभोगी छ । नेताका धर्म र मर्मलाई नजिकबाट चिनेका जनताको ध्यान,चासो र झिनो धमिलो विश्वास बरु नयाँ पार्टी र युवा नेतृत्व तिरै छ । कस्तो निर्णय लेलान त रविले ? आफुलाई कत्तिको काविल उभ्याउन सक्लान गगन ले ? आज सार्वजनिक रुपमा के भने विश्व प्रकाशले ? कसरी सम्सभव भयो राजेन्द्र लिङ्देन र राप्रपाको पुनर उदय ? किन ओझेल पर्यो होला लौरो अभियान ? मान्छेको थोरै ध्यान बरु यता तिर देखिन्छ। ठूला नेताहरूको ध्यान हिजो जुन भाँडोमा थियो आज पनि त्यही भाँडोमा छ । लुटको स्वर्गमा कसैले धावा बोल्ला कि भन्ने पिर बाहेक देशको वास्तविक समस्यामा कसैको चासो छैन । आफ्नो अनुकुलता खडा गर्न प्रचण्डले काङ्ग्रेसभित्र एक दर्जन प्रधानमन्त्रीका आकाङ्क्षी खडा गराइदिए तर प्रधानमन्त्री बन्ने प्रथम दौडमा प्रचण्ड आफैँ छन् । हिजो प्रथम राष्ट्रपतिको सवालमा पनि प्रचण्डले काङ्ग्रेसलाई यस्तै मुसो बनाएका थिए  तर प्रचण्डका यी सबै गतिविधिका रचनाकार ओली,देउवा आफैँ थिए जुन कुरा पत्याउन धेरैमानिसहरूलाई अझै पनि  मुस्किल लाग्न सक्छ । के यो सामान्य खेल हो ? हेर्दा सामान्य लाग्छ ,यो राजनीति हो राजनीति यस्तै हुन्छ जस्तो पनि लाग्छ तर प्रचण्डको जनयुद्ध, १२ बुँदे दिल्ली सम्झौता, ६२/६३ को जनआन्दोलन, संविधानसभा, गिरिजा, त्यस बिचका उपेन्द्र,बाबुराम,देउवा र आजका ओली,प्रचण्डलाई  कुनै पनि शृङ्खला नविर्सी सम्झने हो भने उस्तै खतरनाक अभ्यास अहिले पनि निरन्तर जस्ताको तस्तै छ।
< दुर्घटनाका बलिया सङ्केत :-
काङ्ग्रेस नेता रामचन्द्र पौडेलले “अब बन्ने सरकारले  राजनीतिक स्थाइयित्व दिन्छ” भनेको मेरै कानले सुने   पछि मैलेफेरि एकपटक गोल्छे सार्कीलाई पुनः मनमनै धन्यवाद दिएँ र  रामचन्द्र सत्र पटक हार्नुको रहस्य पनि बुझेँ । रामचन्द्रभित्र यस्तो उत्ताउलो अभिव्यक्तिको हतारो र छटपटी किन आयो भन्ने कुरा झारपात ढुङ्गामाटोलाई पनि थाहा छ । उनी सत्रपटकको पराजयको हिसाब किताब यही अस्थिरताभित्र निकाल्ने दाउमा छन् त्यो पनि यसैपाली । रामचन्द्रको दाउ र भारतको दाउ एक समान छ, अहिले अमेरिका आफूलाई ठुल्दाजुको भूमिकामा राखेर अंश बाडफाडको दायित्व लिन चाहन्छ । अन्य थुप्रै यस्ता धनुकाणहरु आ-आफ्ना सिमारेखामा तैनाथ छन् । शक्तिकेन्द्र सामु  देउवा,प्रचण्ड,माधव अंशियार भन्दा पनि कमैया,हरूवा चरुवा जस्ता भएकाछन् । एमाले घरको  रोड्याहा कान्छो छोरो जस्तो भएको छ । जो कसैसँग सिँगौरी खेल्नु एमालेको निम्ति रहर हैन अब मरणासन्न बाध्यता भएको छ । ओलीले निर्वाचनमा पेचिलो घेरा तोडेर  वारपारको लडाइँ खेल्न खोज्दा चुनावी युद्धका मोर्चाहरुमा  विजय त हाँसिल गरे तर उनले यो युद्धमा आफ्ना होनहार थुप्रै कमाण्डरहरु गुमाएका छन् । अहिले एमालेलाई विजयको ताज पहिरिनु कि शोकको वर्को ओडेर कुना बस्नु जस्तै भएको छ । यस्तो बेला सहज अनुमान गर्न सकिन्छ कि एमालेको मन भित्र ठूलो हलचल छ । चतुर खेलाडीका मनमा उठेका हलचलले आँधीको नेतृत्व गर्न पनि सक्छ ,एमालेलाई सिथिल हुने छुट छैन उस्ले पाएको जनादेश पनि त्यस्तै छ ।
अर्कोतर्फ नयाँ शक्तिको उदय र पुरानो शक्तिको पुनरोदय भएका नेतृत्व र शक्ति( नाउपा,रास्वपा,राप्रपा)हरुलाई निषेध गर्ने सत्ता गठबन्धनको मनोविज्ञानले अर्को निर्मम  आकार ग्रहण गर्दैन भन्ने कुनै ग्यारेन्टी छैन । यस्तो बेला पैदा हुने कित्ताकाट र  ध्रुवीकरणका शृङ्खलाहरुले अस्थिरताका चक्रहरुमा टाउको ठटार्ने मात्रै होइन बिसाक्त सामाजिक विद्वेसको पराकाष्ठामा समग्र राष्ट्रिय राजनीति दुर्घटित हुने खतरा उत्तिकै छ । ठिक त्यस्तो  बेला सेलिब्रेटी मोडल र अराजकताको चर्को स्वरबाट पैदा भएकाहरु हुन् वा स्वतन्त्रहरु हुन,निजि स्वार्थ र लुटमा नाक रगटी रहेको पुराना हुन वा नयाँ त्यस्ता  पार्टी अथवा नेतृत्वमाथि राजनीतिले विचार,सिद्धान्त र आदर्शका जबर्जस्त  सवालहरुको माग गर्ने छ । अनि त्यसबेला थाहा हुन्छ  कस्को पार्टी कति टुक्रा हुन्छ । कस्को विचार र सिद्धान्तको जग कति बलियो छ । यसरी  छिनोफानोका अवस्थाहरुले हरेकको कठालो समाउने स्थिति नजिकै देखा परेको छ । छिट्टै देखा पर्न सक्ने यस्तो स्थितिलाई अर्को भाषामा वारपारको स्थिति भन्न पनि सकिन्छ।
< निष्कर्ष :-
देश र जनता सोच्ने हो भने समाधान सजिलो छ ।  सङ्कटहरुलाई तुरुन्तै अवसरमा बदल्न सकिने स्थिति पनि छ । त्यसका निम्ति सबैले समयमै  नैतिक मुल्यमा फर्किनु पर्छ । विचार,सिद्धान्त र आदर्शका वर्गीय सम्बन्धहरुको वर्गीकरण हुनै पर्छ । बेतबसेको नेतृत्वले अप्राकृतिक प्रजननको कष्ट बिनासर्त अब बिसाउनै पर्छ । युवाका नाममा बतासे अण्डा कोरलेर प्रजननको धक्कु लगाउनेहरुले पनि विज्ञानको नियम र गति बुझ्नै पर्छ । हैन भने  रिस खा   आफू बुद्धि खा अर्को हुने पक्का छ ।

  • #राजनीति #ज्योतिकिरण #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ३.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • ४.
    कविता: आफ्नै माटोमा

  • ५.
    दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

  • ६.
    ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.