११ मंसिर ,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
अब बन्ने सरकारमा प्रधानमन्त्रीको दावी गर्दै आएका नेता सिंहले माओबादीसँगको गठबन्धनलाई स्वस्थ्यकर मानिरहेका छैनन्। अब को प्रधानमन्त्री बन्ला भन्ने आम जिज्ञासा उठिरहेका वेला भएको यो भेटघाट र कुराकानीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
केपी ओलीको निवास बालकोटमा दुई नेताहरूले भेटवार्ता गरेका हुन् । ओलीलाई भेट्न सिंह आइतबार साँझ बालकोट पुगेका थिए । भेटमा चुनाव जितेकोमा एक अर्कामा बधाई साटासाट भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी