पाल्पा। पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुर गैरे निर्वाचित भएका छन्
नेकपा (एकीकृत समाजवादी) का नेता माधव कुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी भएका हुन्।
गैरेले २७ हजार ८१७ मत ल्याए भने प्रतिस्पर्धी पाण्डेयले २३ हजार ८५१ मत पाए।
गैरेको जितसँगै यसअघि चार पटक सांसद भएका माधव नेपालका सम्धी पाण्डेयको संसदीय राजनीतिमा ब्रेक लागेको छ। यसपटक पाल्पाली जनताले सम्धीलाई भारी मत अन्तरका साथ उत्तानो पार्दै गैरेलाई विजयी गरेका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी