रूपन्देही १ मा एमाले नेता छविलाल विस्वकर्माले अग्रता कायम गर्दै मतान्तर बढाएका छन् एमालेकै पूर्व नेता घनश्याम भूषाल २हजार ६४४ मतले पछ्याइरहेका छन् ।
६३ हजार १०८ मत गणना गर्दा विश्वकर्माले १५ हजार १९८ मत ल्याएका छन्।
भुसालले भने १२ हजार ५५३ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्। संसदीय चुनावमा प्रतिनिधिसभा सदस्यका लागि टिकट नपाएपछि उनले एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्ता गठबन्धनले सघाएको थियो।
नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ८ हजार ५१२ मत ल्याएर तेस्रो स्थानमा छन् ।