चुनाव प्रचार प्रसारको अन्तिम दिन आजा झापा एकमा अनौठो नारा लागेको छ। बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र राप्रपा एमाले गठबन्धनका तर्फबाट नेकपा एमालेका स्थाइ समिति सदस्य अग्नि खरेल प्रमुख चुनावी प्रतिस्पर्धामा रहेका छन् । दुबै गठबन्धन र पार्टीका प्रभावशाली नेता एउटै छेत्रमा चुनावी प्रतिस्पर्धामा रहँदा झापा एक को चुनावी भिडन्त रोचक बनेको छ। प्रचार प्रसारको अन्तिम दिन आज झापा एकका विश्व प्रकाश समर्थक युवाहरुले “अग्निलाई सम्मान विश्व प्रकाशलाई मतदान” भन्ने नारा लगाएका थिए भने एमाले अध्यक्ष केपी ओलीले पनि एमाले राप्रपा गठबन्धनको चुनावी सभालाई आजै सम्बोधन गरेका थिए।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी