निर्वाचन तयारीबारे आयोगले दियो अन्तराष्ट्रिय समुदायलाई जानकारी

0

२९ कार्तिक काठमाडौ ,मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले काठमाडौमा रहेका कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराएको छ।
निर्वाचन आयोगमा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वच्छ ,भयरहित बनाउन हालसम्म भएका प्रयासका बारेमा आन्तराष्ट्रिय समुदायलाई जानकारी गराउनु भएको हो । अन्तराष्ट्रिय समुदायले पुर्याएको सहयोग,देखाएको चासो र सदाशयताको प्रशंसा गर्दै उहाँले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्न सहयोग पुग्ने बताउनु भयो । काठमाडौ स्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय,गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here