१९ कार्तिक काठमाडौ ,काठमाडौ निर्वाचन छेत्र न २ का स्वतन्त्र उम्मेद्बार अनुप बोहराले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । राजनीतिक दलका असफलता, राष्ट्र र जनताले पाएको धोका, गलत नेतृत्व र भ्रष्ट आचरणले मुलुकलाई पुर्याएको क्षतिलाई चित्रण गर्दै उनले यस्तो खाले सङ्कटबाट समाज र राष्ट्रलाई मुक्त गर्न असल र दुरदर्शि नेतृत्वको खाचो रहेको र उक्त खाचो टार्न स्वतन्त्र युवाहरू अगाडि सर्नुपरेको यथार्थलाई स्पष्ट पारेका थिए । युवा,युवती वृद्धबृद्दालगायत हजारौ समर्थकको बाक्लो उपस्थितीका माझ आज उनले घोषणापत्र सार्वजनिक गरेका हुन् । खुकुरी क्रस चुनाव चिन्ह लिएर मैदानमा रहेका अनुपले ७०% भन्दा बढी मत ल्याएर निर्वाचनमा विजयहासिल गर्ने दावी गर्दै उनले मतदाताको स्वतन्त्र मतदान गर्न पाउने हक र अधिकारको रक्षाका निम्ति समेत सबै सचेत पङ्तिले चनाखो भूमिका निर्वाह गर्नुपर्ने स्थिती देखिएको भन्दै सबैमा
सबैनागरिकसामु सचेत भूमिकाको अपिल समेत गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै कार्यक्रम स्थलमा समर्थकहरु उत्साहजनक नाराबाजी समेत गरेका थिए ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी