ग्रेटर नेपालको १०औं वार्षिक उत्सव सप्पन्न,मुद्दा  झनै सशक्त बनाउने तयारी

0

१९ कार्तिक काठमाडौ ,ग्रेटर नेपाल राष्ट्रिय साप्ताहिकले आफ्नो दशाैं वार्षिकउत्सव कार्यक्रमको आयोजना गरेको छ । ग्रेटर नेपालका प्रमुख अभियान्ता एवम ग्रेटर नेपाल साप्ताहिकका प्रकाशक सम्पादक सुरेन्द्र ढकालले देशभक्तिको आवाज नेपाली पत्रपत्रिकाले लेख्ने आँट नगरेकै कारण ग्रेटर नेपाल साप्ताहिक प्रकाशन गर्नु परेको उल्लेख गर्नुभयो ।
ग्रेटर नेपालका सबै अभियान्ता र संस्थाहरुलाई एकजुट बनाएर लैजाने उद्घोष गर्दै ग्रेटरनेपालको उदेश्य प्राप्तिको वैचारिक र सूचना मुलक सामग्रीको रुपमा यो पत्रिका समर्पित रहेको ढकालले स्पष्ट पार्नुभएको थियो।
संसद भित्र पनि ग्रेटर नेपालको आवाज उठाउन आवश्यक रहेको उल्लेख गर्दै ढकालले काठमाडौँ एकबाट प्रतिनिधि सभाको सदस्यमा उम्मेद्वारी दिएको र आफ्नो उम्मेद्वारी एउटा विशिष्ट लडाइँको रुपमा बुझिदिन सबैमाझ अपिल समेत गर्नुभएको छ । सुरेन्द्र ढकालको सभापतित्व रहेको उक्त कार्यक्रममा डा.द्वारिकानाथ ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको थियो भने कलाकार नवल खड्का,सिमाविद बुद्धिनारायण श्रेष्ठ,प्रा.कृष्ण प्रसाईं लगायत महानुभावहरुको विशेष आतिथ्यता रहेको थियो । प्रमुख अतिथि ढुङ्गेलले पूर्व जर्मनी र पश्चिम जर्मनीको उदाहरण दिँदै बर्लिनको पर्खालको प्रसङ्ग झिकेर ग्रेटर नेपालको भावना र विचारलाई जीवित राख्न प्रयत्नशील रहनु पर्ने भन्दै इतिहासको कुनै न कुनै बिन्दुमा ग्रेटरनेपाल सम्भव भएरै छोड्ने दावी समेत गर्नु भयो। घनस्याम मिश्रले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम प्रज्ञा भवनमा आयोजना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here