नेकपा एमालेले आजबाट चुनावी प्रचार प्रसार अभियान सुरु गर्ने भएको छ । सुदुरपश्चिमबाट अभियान थाल्ने निर्णय गरेको एमालेले आज बैतडी र कन्चनपुरमा जनसभा राखेको छ ।एमाले अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
ओली ४० जिल्ला पुगेर त्यहाँ हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ। एमालेले मुख्य प्रचारकका लागि हेलिकप्टर प्रयोग गर्ने अनुमति पनि निर्वाचन आयोगबाट लिइसकेको छ।