नेपालका दुई चर्चित लोक गायीका अन्जु गौतम र गङ्गा गौतम आचार्यलाई अन्तराष्ट्रिय म्युजिक अवार्ड प्राप्त गर्ने सौभाग्य जुरेको छ। मलेसियामा आयोजित एक भब्य समारोहमा उक्त अवार्ड सहित गायीकाहरु सम्मानित भएका छन् ।
बिगत लामोसमय देखि लोकगीत सङ्गीतमा निरन्तर लागिरहेका गायीकाहरुले पाँचसय भन्दा बढी गित गाइसकेकाछन। मलेसियाको एक भब्य समारोहमा म्युजिक अवार्डको ट्रफी उठाउदा निकै भावुक देखिएका अन्जु र गङ्गाले यो सबै नेपाली लोकगायक गायीका प्रतिको साझा सम्मान भएको र यो सम्मानले थप हौसला प्रदान गरेको बताएका छन् ।
अवार्ड समर्पण समारोह एवम अन्य अन्तराष्ट्रिय साङ्गितिक कार्यक्रममा भाग लिन नेपाली कलाकारहरुको एकटोली एकसाताको भ्रमणमा सिङ्गापुर र मलेसिया पुगेको छ।अवार्ड सहितको सम्मान प्राप्त पछि सामाजिक सञ्जालमा खुशी ब्यक्त गर्दै अञ्जु र गङ्गाले थुप्रै तस्बिरहरु समेत सार्वजनिक गरेका छन्।