१ श्रावण, काठमाडौँ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचार विभागद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नवीन संस्करणको शुभारम्भ गर्नुभएको छ।

कार्यक्रममा अध्यक्ष ओलीले डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत पार्टी संगठनलाई अझ सुदृढ, आधुनिक र जनमुखी बनाउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताउनुभयो। एमाले सकियो भन्नेहरू अस्थायी न्यानोमा रमाइरहेको उल्लेख गर्दै एमालेलाई आधुनिक र प्रविधि मैत्री बनाउन पार्टीले कुनै कसर बाँकी नराख्ने कुरामा जोड दिनुभएको थियो । व्यवस्थित बन्दै गएको देश र पार्टी कार्यालयमाथि जेनजी आन्दोलनको नाममा गरिएको आगजनीलाई इतिहासले कहिले माफी नदिने उल्लेख गर्नुभयो । कार्यक्रममा पदाधिकारीसहित प्रचार विभागका सदस्यहरूको उपस्थिति रहेको थियो। 