१ साउन, काठमाडौं । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था)को स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला पारेको छ ।
स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनालाई बुझाएको प्रतिवेदनमा संस्थालाई पटकपटक गरी विभिन्न समयमा गरिएको खरिदमा २० करोडभन्दा बढी रकम क्षति पुर्याएको उल्लेख छ।