• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

https://vrikutinews.com/wp-content/uploads/2026/07/inbound7208151152082589003.mp4

 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता। 

कवि: केदार ‘सङ्केत ‘

वास्तविक नाम: केदार सुनुवार ‘सङ्केत’

संक्षिप्त परिचय: 

केदार सुनुवार ‘सङ्केत’: युद्धभूमिदेखि शब्दभूमिसम्मको एक अनवरत यात्रा
माघ २०२६ मा रामेछापको प्रकृतिको काख रस्नालुमा माता नरमाया सुनुवार र पिता चन्द्र सुनुवारको कोखबाट माइला सन्तानका रूपमा जन्मिनुभएका केदार सुनुवार ‘सङ्केत’ नेपाली डायस्पोरिक साहित्यका एक सशक्त, विशिष्ट र ओझिला नक्षत्र हुनुहुन्छ। खिम्ती खोलाको सेतो बगरलाई हेरेर जिरीमा पढ्दादेखि नै शब्दहरूसँग खेल्न थाल्नुभएका उहाँको साहित्यिक यात्रा वि.सं. २०४० देखि औपचारिक रूपमा सुरु भएको हो। हङकङबाट प्रकाशित हुने पर्वते पत्रिका र नेपालको प्रतिष्ठित साहित्यिक पत्रिका मधुपर्कबाट अङ्कुरित उहाँको सिर्जनात्मक यात्रा आज कविता, हाइकु, नियात्रा, र आख्यानका विविध पाटाहरूमा स्वर्ण-अक्षरले सुवासित छ।
“पेशाले भूपू गोर्खाली र बेलायती सेना (ब्रिटिस आर्मी) का वीर सिपाही, तर हृदयले एक कोमल र संवेदनशील सर्जक यो नै केदार सुनुवार ‘सङ्केत’को वास्तविक पहिचान हो।”
युद्ध, मानवता र साहित्यको त्रिवेणी:
उहाँको जीवनको सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील अध्याय ब्रिटिस आर्मीको सैनिक जीवन हो। पेसा मात्र नभएर जीवन बुझ्ने कठोर विद्यालय बनेको त्यो सैनिक जीवनका क्रममा उहाँले बोस्निया र अफगानिस्तानको भीषण युद्ध मैदानलाई प्रत्यक्ष भोग्नुभयो। काबुल क्याम्पमा भएको भयानक आक्रमणमा ५ घण्टासम्म निरन्तर लडेर करिब ५०० जना अमेरिकी गैर-नागरिकको ज्यान जोगाउन सफल उहाँको टोलीको त्यो अदम्य साहस, मानवता र उत्तरदायित्व नै पछि उहाँको साहित्यको मूल चेतना बन्यो। युद्धपछिको विनाश, एक्लोपन, सम्झना र सङ्घर्षका ती पलहरू आज पनि उहाँका रचनाहरूमा प्रतिध्वनित भइरहन्छन्।
बहुआयामिक सिर्जनाका पदचापहरू:
एम.बी.ए. (२०१७) सम्मको उच्च शिक्षा हासिल गर्नुभएका सङ्केतको साहित्यिक क्षितिज अत्यन्त फराकिलो छ। उहाँ हाल विश्व साहित्य महासङ्घको महासचिवका रूपमा डायस्पोरामा नेपाली साहित्यको प्रवर्द्धन गर्न र ‘यात्रा स्पर्श’ अभियानमार्फत नियात्रा साहित्यलाई उचाइमा पुर्‍याउन निरन्तर सक्रिय हुनुहुन्छ। हाल फ्रान्ब्रो, ह्याम्पसाएर, बेलायतलाई कर्मथलो बनाउनुभएका उहाँका कविता/काव्य: आफैँ जलेको देश (२०६४), सङ्केतका कविताहरू (२०६८), ताँ गो तेकेरे नुङ (कोइँच भाषा, २०७३) र सुप्रिम पुरस्कार प्राप्त खण्डकाव्य अफिम फुल्ने देशमा (२०७०)। तथा
नियात्रा/संस्मरण: एथेन्सको झरी (२०६७) र बुद्ध ल्यान्ड टु स्विजरल्यान्ड (२०७५)।
हाइकु/कथा/आख्यान: पैयुँका फूलहरू (हाइकु, २०६८), युद्धको यथार्थ समेटिएको आत्मपरक आख्यान अफगानी रणमैदान (२०७८) र नवीनतम कथा सङ्ग्रह अन्तिम साँझ (२०८२)। जस्ता चर्चित १० भन्दा  बढी साहित्यिक कृतिहरू प्रकाशित छन्।
प्राज्ञिक पहिचान, पुरस्कार र सम्मान:
उहाँको लेखन केवल पाठकको मनमा मात्र छाएको छैन, प्राज्ञिक क्षेत्रमा समेत उत्तिकै सम्मानित छ। उहाँको नियात्रा कृति ‘एथेन्सको झरी’ सुदूरपश्चिम विश्वविद्यालय (मध्यपश्चिम विश्वविद्यालय) को बिएड (B.Ed.) पाठ्यक्रममा समावेश छ भने ‘पैयुँका फूलहरू’ माथि सन् २०११ मा एम.ए. (M.A.) को शोधपत्र (Thesis) समेत तयार भइसकेको छ।
साहित्यिक कदरस्वरूप उहाँले ठाकुर प्रसाद रेग्मी पुरस्कार (अनेसास, २०१२), जैमली साहित्य डायस्पोरा पुरस्कार (२०१२), सुप्रिम पुरस्कार (UK, २०१८), नेपाली साहित्य परिषद् UK को रजत वर्ष अभिनन्दन तथा पदक (२०२०), वनिता विशेष वसु श्री मधु पुरस्कार (२०२०) र युद्ध साहित्य पुरस्कार जस्ता अनेकौँ गरिमामय सम्मानहरू प्राप्त गरिसक्नुभएको छ।

केदार सुनुवार ‘सङ्केत’को साहित्यमा आप्रवासी जीवनको भोगाइ, पहिचानको खोजी, रैथाने संस्कृतिको सुवास र युद्धभूमिको कारुणिक यथार्थ सँगसँगै बग्छन्। बन्दुकको नालबाट शान्तिको खोजी गर्ने र बारुदको धुँवाभित्र मानवताको फूल फुलाउन चाहने एक अथक यात्री, जसको कलम अझै पनि जीवनका अनन्त र अनुद्घाटित पाटाहरू कोर्न अविश्राम गतिमा दौडिरहेको छ। यस्ता मुर्धन्य स्रष्टा केदार सुनुवार  संकेतलाई सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना सहित उच्च सम्मान व्यक्त गर्दै “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता श्रृङ्खला” मा प्रस्तुत गरेका छौँ ।

      भृकुटी न्यूज
साहित्य कला विभाग

  • #नेपाली साहित्य#कविता#केदार सङ्केत#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.